बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

  ०७४ भदौ २७ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बारा महागढीमाई नगरपालिका-१ का १९ वर्षीय तमरेज आलमलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ ।

अदालतले भदौ २७ गते गरेको आदेशमा ६ वर्षकैदसँगै आलमबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति भराउनुपर्ने उल्लेख छ ।

पीडित बालिकालाई आलमले गत असार ६ गते घरमा बलात्कार गरेको आरोपमा प्रहरीले असार ७ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालत मकवानपुरको साउन २ गतेको आदेश अनुसार आलम पुर्पक्षका लागि भीमफेदी कारागारमा थिए ।


प्रताप विष्ट