बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजाय फैसला
७० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले ०८० जेठ ९ गते गल्छी गाउँपालिका-५ का ५९ लप्टन भन्ने नेत्रबहादुर तामाङलाई ६ वर्ष कैद सजाय फैसला सुनाएको छ ।
पीडितलाई १ लाख रुपियाँ क्षतिपुर्ति र पीडित राहत कोषमा १ हजार २ सय रुपियाँ समेत भराउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार खुम भण्डारीले जानकारी दिनुभयो ।
पीडित महिलालाई तामाङले ०७० चैत ३ गते जबरजस्ती करणी गरेको भनी सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा ०७१ वैशाख ४ गते मुद्दा दर्ता भएको थियो ।
पीडित पक्षले उजुरी दिए पनि आरोपित फरार भएका कारण ०७१ मङ्सिर १० गतेबाट मुद्दालाई मुल्तबीमा राखिएको थियो ।
हरेक दुई वर्षमा मुल्तबीमा राखिएको मुद्दालाई अदालतले जगाउने गरेको छ । लामो समय मुल्तबीमा रहेको मुद्दाको जिल्ला अदालतले ०७९ फागुन १५ गते पुनः मुद्दा जगाएपछि फैसला भएको हो ।
घटनामा संलग्न कसुरदार तामाङ हाल पनि फरार छन् ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…