बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय र १५ वर्षीय बालकलाई जिल्ला अदालतले चैत २३ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश ध्रवकुमार पियाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै ६ वर्ष कैद र ७५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।

पीडित बालिकालाई आरोपितद्वयले ०७५ कातिक २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कातिक २८ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७५ कातिक २९ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।


बुधन साह