बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालार्इ बलात्कार गरेको कसुरमा १५ वर्षीय बालकलाई खोटाङ जिल्ला अदालतले वैशाख ६ गते ६ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश किशोर घिमिरेको इजालसले ६ वर्ष कैदको फैसला सुनाएको हो ।

पीडित बालिकालाई आरोपितले ०७४ साउन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले साउन १४ गते नै गिरफ्तार गरी बलात्कार गरेको आरोपमा मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दिक्तेलमा ०७४ साउन १५ गते भएको थियो ।


सुनिता मगर