बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय

  ०७९ असार २२ गते

१० वर्षीया बालिकालाई बलात्कार (बालबिज्याई) गरेको कसुरमा १४ वर्षीय बालकलाई नुवाकोट जिल्ला अदालतले असार २० गते ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजालासले मुद्दाको अन्तिम फैसला गर्दै ६ महिला कैद सजाय र पीडित बालिकालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने गरी फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी रिता लामिछानेले जानकारी दिनुभयो ।

फैसलामा कसुरदार बालक भएकोले बालगृहमा पठाउन आदेश भएको छ । कसुरदारले बालिकालाई ०७८ असोज ८ गते बलात्कार (बालबिज्याई) गरेको भन्दै जिल्ला जिल्ला प्रहरी कार्यालयमा असोज १० गते उजुरी दर्ता भएको थियो ।

पीडित बालिकाको असोज १० गते नै त्रिशूली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

जिल्ला अदाललते नाबालक भएकोले असोज १८ गते अभिभावकको जिम्मामा तारेखमा छाडेको थियो ।


नवदीप श्रेष्ठ