बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

  ०८१ पुस ३ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १३ वर्षीय बालकलाई ०८१ पुस २ गते ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ पुस २ गतेको इजालसले कसुर ठहर गर्दै ६ महिना कैद सजाय, १ लाख रुपियाँ क्षतिपूर्ति र २ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

बालिकालाई ०८० फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २६ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो । बालकलाई प्रहरीले फागुन २६ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन २६ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।


प्रकाश पौडेल