बलात्कार गरेको कसुरमा ६ महिना सुधारगृहमा राख्न आदेश
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १३ वर्षीय बालकलाई जिल्ला अदालतले ६ महिना सुधार गृहमा राख्न र ८० हजार रुपियाँ जरिबाना गर्न फैसला गरेको छ ।
न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले ०८१ असोज ६ गते ६ महिना सुधार गृहमा राख्ने र बालकको अभिभावकबाट जरिबाना भराउने तथा पीडितलाई पीडित राहत कोषबाट ५० हजार तत्काल क्षतिपूर्ति दिन फैसला गरेको अदालतका तहसिलदार ध्रुव सुवेदीले जानकारी दिनु भयो ।
पीडित बालिकालाई बालकले ०८१ साउन १० गते बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
उजुरीपछि बालकलाई साउन १० गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा न्यायिक हिरासतमा राखिएकोमा जिल्ला अदालतको साउन २९ गतेको आदेशले नियमित अदालत हाजिर हुने, नियमित विद्यालय जाने र एक महिनासम्म पीडित परिवार, पीडितलाई भेट्न नपाउने शर्तमा अभिभावककको जिम्मा लगाएर पठाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १० गते धादिङ अस्पतालमा गरिएको थियो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…