बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

  ०७९ चैत ८ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा  जिल्ला अदालतले हलेसी तुवाचुङ नगरपालिका–१ का  २१ वर्षीय अनिल विकलाई चैत ६ गते  ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार रामाकान्त यादवले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ पुस १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले पुस १२ गते गिरफ्तार गरी जिल्ला अदालतमा पुस १५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको पुस १६ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ पुस १३ गते गरिएको थियो ।


तारानाथ फुयल