बलात्कार गरेको कसुरमा ५ बर्षकैद फैसला

१९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले असार २५ गते ५ वर्षको कैद फैसला सुनाएको छ ।

न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले कैदसँगै १५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत ५ नम्बर फाँटका नायव सुब्बा सुबोध आचार्यले बताए ।

पीडित बालिकालाई आरोपितले ०७४ फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई उजुरी लगत्तै गिरफ्तार गरी मुद्दा दर्ता गराएकोमा फागुन २७ गते पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको थियो ।


इन्दिरा भट्टराई