बलात्कार गरेको कसुरमा ५२ वर्ष बढी कैद सजायकाे फैसला
दश वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय एक बाबुलाई ५२ वर्ष बढी कैद सजायकाे फैसला सुनाएको छ।
जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीकाे ०८० साउन १४ गते इजलासले कसुर गरेको ठहर गर्दै ५२ वर्ष ६ महिना कैद सजायकाे आदेश भएको अदालतका स्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले बताउनु भयो।
१० वर्ष भन्दा कम उमेर बालिकाकरणीमा २५ वर्ष, हाडनाता करणीमा २५ वर्ष र हतियार देखाइ करणी गरेको अभियोगमा २ वर्ष ६ महिना गरी कुल ५२ वर्ष ६ महिना कैद सजाय फैसला भएको स्रेस्तेदार कालाखेतीले बताउनु भयो ।
मुद्दा हाल उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गामा साधक जायरका लागि पेश भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ ।
अन्जु कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…