बलात्कार गरेको कसुरमा ३ वर्ष ६ महिना कैद सजायको फैसला

  ०८१ असार २५ गते

अपाङ्गता हुनुभएकी ५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४४ वर्षीय बाबुराम बेलबासेलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश श्री कृष्णजङ्ग शाहको ०८१ असार २४ गतेको इजलासले कसुर ठहर गर्दै ३ वर्ष ६ महिना कैद सजाय, १ लाख ५० हजार रुपियाँ जरिबाना र सो जरिबाना रकमबापत पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मुद्दा फाँटका नायब सुब्बा रामप्रसाद आचार्यले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित महिलालाई बेलबासेले ०८० भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । बेलबासेलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ ६ गते अर्घाखाँची जिल्ला अस्पताल, सन्धिखर्कमा भएको थियो ।


कुलबहादुर नेपाली