बलात्कार गरेको कसुरमा ३ वर्ष ६ महिना कैद सजायको फैसला

  ०८० पुस २५ गते

५५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले फेदाप गाउँपालिका-२ का ५० वर्षीय सुवासचन्द्र सिङ्गकलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० पुस २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै  १ लाख रुपियाँ जरिबाना र २५ हजार क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार ऋतु राईले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७८ भदौ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०८० कात्तिक १० गते सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका-५ बाट गिरफ्तार गरी सरकारी वकिलको कार्यालमार्फत जिल्ला अदालतमा कात्तिक २४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता थियो ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको कात्तिक २४ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ भदौ १२ गते गरिएको थियो ।


सुरेश खत्री