बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद सजायको फैसला
३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोलङ गाउँपालिका–१ का ३८ वर्षीय कृष्ण गिरीलाई २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको ०७९ माघ २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट १५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार नविन खनालले बताउनु भयो ।
पीडित महिलालाई आरोपितले ०७३ मङ्सिर १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७३ चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले जिल्ला अदालतमा ०७४ वैशाख १९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
तर आरोपित फरार भएपछि तत्कालीन जिल्ला न्यायाधीश कैलाश केसीको ०७५ जेठ २१ गतेको इजलासले मुद्दा मुतलबीमा राखिएको थियो ।
उक्त मुद्दा पुनः ०७९ असोज २७ गते जिल्ला अदालतमा दर्ता भएर कारवाही प्रक्रिया अघि बढेको थियो ।
न्यायाधीश टिकाराम आचार्यको ०७९ माघ २४ गतेको इजलासले कैद सजायको फैसला गरेको हो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७३ चैत २८ गते जिल्ला अस्पतालमा गरिएको थियो ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…
चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन
मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम र अधिकारकर्मीको टोलीले असोज ९ गते घटनाका विषयमा अनुगमन गरेको…