बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला

  ०८१ मङ्सिर २८ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर २७ गतेको इजलासले दोषी ठहर गर्दै विकलाई २० वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र हाडानाता तर्फ ५ वर्ष कैद सजाय, ३ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति र २ हजार ८ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

पीडित बालिकालाई विकले ०७८ माघ २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० चैत्र ३० गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण ०८१ वैशाख १ गते भेरी अस्पताल, नेपालगञ्जमा भएको थियो । फरार विकलाई प्रहरीले ०८१ वैशाश ४ गते गिरफ्तार गरेको थियो ।


ध्रुबराज शर्मा