बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला

  ०७८ माघ ११ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले ३१ वर्षीय बाबुलाई २५ वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश खड्कबहादुर केसीको इजलासले माघ १० गते २५ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको फैसला गरेको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितल ०७८ जेठ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १३ गते प्रहरीमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते पाल्पा अस्पतालमा गरिएको थियो ।

आरोपितविरुद्ध प्रहरीले असार ४ गते जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएकोमा जिल्ला अदालतको असार ६ गतेको आदेशले आरोपितलाई थुनामा पठाएको थियो ।


यज्ञमूर्ति तिमिल्सिना