बलात्कार गरेको कसुरमा १९ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका बाबुलाई जिल्ला अदालत मकवानपुरले जेठ २१ गते १९ वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश खडानन्द तिवारीको इजलासले कसुर ठहर गर्दै नाबालिकालाई बलात्कार गरेकोमा ९ वर्ष कैद र हाडनातामा करणी गरेकोमा १० वर्ष सहित १९ वर्ष कैद र पीडितलाई ७५ हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको अदालतका श्रेष्तेदार आदर्श कौशिकले बताए ।
पीडित बालिकालाई आरोपितले ०७५ पुस २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध पुस २२ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई पुस २३ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २२ गते हेटौँडा अस्पतामा गरिएको थियो ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
रास्वपाका कार्यकर्ताद्वारा कुटपिट गरेको घटनाको विरोध
रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भइरहेको अनुसन्धानको विरोधका उत्रिएका रास्वपाका कार्यकर्ताले समाचार सङ्कलन गर्न पुगेका नेपाल पत्रकार महासङ्घका सदस्य तथा…
अदालत परिसरबाट एक बन्दी फरार, खोजी कार्य जारी
नुवाकोट जिल्ला ककनी गाउँपालिका–६ का ३६ वर्षीय बुद्धि भनिने अमरबहादुर लामा दिउँसो साढे १२ बजेतिर कारागारबाट भागेको कारागार प्रशासनले जनाएको छ । लामा रसुवा जिल्ला अदालतमा तारेख लिन जाने क्रममा…
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै !
बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै गएको पाइएको छ । एकद्वार सङ्कट व्यवस्थापन केन्द (ओसिएमसी) बाट बलात्कार, यौन दुर्व्यवहार, शारीरिक यातना,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…