बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मिक्लाजुङ गाउँपालिका–७ का २१ वर्षीय दिवस माखिमलाई १९ वर्ष कैद सजाय फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधी टिकेन्द्र दाहालको चैत २८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिंजापतिले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ वैशाख २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले कात्तिक २० गते गिरफ्तार गरी जिल्ला अदालतमा मङ्सि १४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियोे ।

जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको ०७९ मङ्सिर १४ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ कात्तिक २० गते गरिएको थियो ।


सहमान विश्वकर्मा