बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुम्बेवा गाउँपालिका–५ का ३६ वर्षीय दिनेश राईलाई १९ वर्ष कैद सजाय फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको माघ २० गतेको इजलासले कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिंजापतिले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७८ पुस १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७८ चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले ०७९ वैशाख ५ गते घरबाट गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको वैशाख ६ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २ गते गरिएको थियो ।
नौ वर्षीया बालीकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–६ का ४८ वर्षीय जसशेर योङहाङलाई तीन महिना कैद सजाय फैसला गरेको छ ।
पीडित बालिकालाई ०७९ साउन ४ गते यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको माघ २० गतेको इजलासले कैद सजायसँगै २० हजार रुपियाँ जरिबाना र २५ हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजंग सिजापतिले बताउनु भयो ।
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले योङहाङविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०७९ साउन ५ गते उजुरी गरेको थियो ।
आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा साउन २२ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको साउन २२ गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ५ गते गरिएको थियो ।
सहमान विश्वकर्मा
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…