बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धनकुटा, छथरजोरपाटी गाउँपालिका–४ का २१ वर्षीय योगेन्द्र विकलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश गेहेन्द्रराज पन्तको माघ २८ गतेको इजलासले कसुर गर्दै १८ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार नवराज कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७६ साउन ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा भदौ ७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २ गते गरिएको थियो ।
गणेश विष्ट
सम्बन्धित समाचारहरू
ऋण खोजेर सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
चंखेली गाउँपालिका–५ की ३५ वर्षीया तुला तामाङ्गलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । जेठ ५ गते सुत्करी भएकी तामाङलाई तीन दिनदेखि रक्तश्राव भएपछि जेठ ७ गते जिल्ला अस्पताल हुम्लामा माउण्टेन हेलिकप्टरद्धारा…
भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट, एक जनाको मृत्यु, आरोपित गिरफ्तार
जिल्लाको जुनीचाँदे गाउँपालिका–९ धडगाँउमा जेठ ३ गते भलिबल खेल्ने क्रममा दुई पक्षबिच विवाद भई कुटपिट हुँदा कुटपिटबाट घाइते ३६ वर्षीय रेशमबहादुर खड्काको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यू भएको…
वडाध्यक्षलाई कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी लिन नमानेको आरोप
राजपुर नपा–१ का ४० वर्षीय शेष अमिरुल्लाहलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ६० वर्षीय शेख अबदुल, ५० वर्षीय खैरुल्लाह, ४२ वर्षीय शेख अजित र ४५ वर्षीय शेख मुस्तकलगायत करिब ३०/४०…
हत्या घटनाका आरोपित गिरफ्तार
खार्पुनाथ गाउँपालिका–५ याङचुका ६१ वर्षीय छत्त शाहीलाई स्थानीय तह निर्वाचन मतगणना स्थल नजिक कुटपिट गरी हत्या गरेको घटनाको आरोपमा प्रहरीले जेठ ८ गते नौ जनालाई गिरफ्तार गरेको छ । हत्याको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ्ग गाउँपालिका–५ धिम्लेका २७ वर्षीय टङ्कराज राई(रिदम) लाई जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ ८ गते बलात्कार गरी…