बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

  ०८१ मङ्सिर १३ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १६ वर्षीय बालकलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश तेज नारायण पौडेलको ०८१ मङ्सिर १२ गतेको इजलासले दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय र ४ लाख ८० हजार रुपियाँ जरिबाना भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार कसुरदार नावालक भएकाले कसुरको एक तिहाइ कैद मिनाह गरी १२ वर्ष कैद सजाय र जरिबाना वापतको ४ लाख ८० हजार रुपियाँ पीडितलाई राहत उपलब्ध गराउने फैसला भएको छ ।

बालिकालाई ०८० साउन १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । बालिकाको स्वास्थ्य परीक्षण साउन ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो । प्रहरीले बालकलाई साउन ११ गते गिरफ्तार गरको थियो ।


जयनारायण पुन