बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश कृष्ण जङ्ग शाहको ०८१ वैशाख ७ गतेको इजलासले भूमिकास्थान नगरपालिका-६ का ५९ वर्षीय नुमबहादुर पुन मगरलाई १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २ लाख रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला गरेको छ ।
पीडितलाई पुन मगरले ०७९ कात्तिक ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पुन मगर सोही दिन गिरफ्तार भएका थिए । पीडितको स्वास्थ्य परीक्षण कात्तिक ८ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भएको थियो ।
जिल्ला अदालतको कात्तिक २९ गतेको इजलासले पुन मगरलाई पुर्पक्षका लागि थुनामा पठएको थियो ।
कुलबहादुर नेपाली
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…