बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

  ०८० चैत ३० गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भारतको रघुनाथ जङ्ग स्थायी घर भइ त्रियुगा नगरपालिका-५ श्रीपुर बस्दै आएका ४६ वर्षीय धनञ्जय मण्डललाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको ०८० चैत २८ गतेको इजलासले कैद सजायसँगै ७ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति र २ हजार २ सय पीडित राहत कोषमा भराउन आदेश भएको अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ चैत ४ गते बलात्कार  गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले चैत ६ गते डेराबाट गिरफ्तार गरी जिल्ला अदालतमा चैत २९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालको ०७८ चैत ३० गतेको आदेशले अराोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ चैत ५ गते गरिएको थियो ।


राकेश नेपाली