बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको ०८० फागुन १० गतेको इजलासले गजुरी गाउँपालिका-७ का ६२ वर्षीय कृष्णबहादुर तामाङलाई १८ वर्ष कैद सजाय र ६ लाख रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ । कसुरदारबाट गरिएको जरिबाना बापतको रकम पीडितलाई क्षतिपुर्ति दिने फैसला गरिएकाे जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयाे ।

पीडित बालिकालाई तामाङले ०७८ साउन ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ४ गते धादिङ अस्पतालमा भयो । तामाङ साउन ४ गते गिरफ्तार भएका थिए ।

प्रहरीले बालक विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् ०७८ साउन २९ गते जिल्ला अदालतमा जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गर्‍यो । जिल्ला अदालतको सोही दिनको आदेशले तामाङलाई पुर्पक्षका लागि थुनामा गएका थिए ।


सीताराम अधिकारी