बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

  ०८० पुस २४ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले फेदाप गाउँपालिका-३ का ५७ वर्षीया देउमान विश्वकर्मालाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० पुस २२ गतेको इजलासले कसुर गरको ठहर गर्दै कैद सजायसँगै ७ लाख रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार ऋतु राईले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १९  गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।

पीडित पक्षको उजुरीका आधारमा  आरोपितलाई प्रहरीले ०८० असोज २२ गते सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका-४ बाट गिरफ्तार गरी सरकारी वकिलको कार्यालमार्फत जिल्ला अदालतमा कात्तिक १४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता थियो ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको कात्तिक १४ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ चैत १९ गते गरिएको थियो ।


सुरेश खत्री