बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका–३ का ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, सोही वडाका ३० वर्षीय डम्बरबहादुर भुजेल, ३७ वर्षीय केवल भुजेल र नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक सिद्धिचरण नगरपालिका–२ का ४४ वर्षीय पूर्णप्रसाद फुयाललाई १८ वर्षको कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको ०८० जेठ ३० गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै जरिबाना र क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार नविन खनालले बताउनु भयो ।
फुयाललाई १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपियाँका दरले क्षतिपूर्ति भराउन आदेश भएको अदातका श्रेस्तेदार खनालले बताउनु भयो ।
पीडित बालिकालाई डम्बरबहादुर भुजेलले ०७९ जेठ १६ गते, केवल भुजेलले ०७९ वैशाख २७ गते, फडिन्द्रप्रसाद दाहालले ०७९ जेठ ६ गते र पूर्णप्रसाद फुयालले ०७९ जेठ २८ गते बलात्कार गरेको आरोपमा प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ०७९ असार २३ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
कसुरदारमध्येका ८० वर्षीय पूर्णप्रसाद दाहालले ज्येष्ठ नागरिक ऐन अनुसार सजाय छुट माग गरेको भए पनि अन्य अभियुक्त सरह उनलाई पनि कैद सजाय तोकिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ जेठ ३० गते गरिएको थियो ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…