बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बुहारीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ऐसेलुखर्क गाउँपालिका जलेश्वरीका  ६० वर्षीय ससुरालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको ०७९ चैत १२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार रामकान्त यादवले बताउनु भयो ।

बुहारीलाई ०७८ भदौ १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७८ असोज ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले असोज ११ गते गिरफ्तार गरी जिल्ला अदालतमा असोज २० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको असोज २० गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ भदौ १८ गते गरिएको थियो ।


तारानाथ फुयल