बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले गैँडाकोट नगरपालिका–७ का ५२ वर्षीय बुद्धिबहादुर तामाङलाई १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको भदौ ३१ गतेको इजलासले तामाङलाई कसुर ठहर गर्दै १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको फैसला गरेको हो ।
तामाङले ०७७ पुस २५ गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै ०७७ चैत २९ गते इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी दर्ता भएको थियो । प्रहरीले तामाङलाई ०७७ चैत २९ गते गिरफ्तार गरेको थियो ।
तिर्थराज डुम्रे
सम्बन्धित समाचारहरू
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…
गालीगलौज घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अदानचुली गाउँपालिका–२ का ३१ वर्षीय कुलबहादुर कटुवाल, २८ वर्षीय कमल नेपाली र ३५ वर्षीया लक्ष्मी भियालले अदानचुली गाउँपालिका–४ का लौठीका ४० वर्षीय नरप्रसाद सञ्ज्यालविरुद्ध प्रहरीमा उजुरी दिनु भएको छ ।…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–५ मोतिपुरका २४ वर्षीय दिलिप कुमार महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० असोज १२ गते पीडित पक्षले उजुरी दिनु भएको छ । पीडित…