बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–३ का २६ वर्षीय जीवन पाण्डेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायधीश केशव अधिकारीको इजलासले मङसिर २१ गते पाण्डेलाई १८ वर्ष कैद र १ लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको श्रेष्तेदार रुद्रमणि गिरीले बताउनु भयो ।
पीडित बालिकालाई ०७७ भदौ ११ गते भरतपुर माहानगरपालिका–३ स्थित नगरवन क्षेत्रमा लगि बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले पाण्डेलाई सोही दिन गिरफ्तार गरी अदालतको आदेशमा पर्पुक्षका लागि जिल्ला कारागार पठाएको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण भदौ १३ गते भरतपुर अस्पतालमा गरिएको थियो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः एक माध्यमिक विद्यालय, एक नर्स
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै 'एक माध्यमिक विद्यालय, एक नर्स' कार्यक्रमलाई विस्तार गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले ०८० जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते विवाह गर्ने…
प्रहरीको कुटपिटबाट तीनजना प्रदर्शनकारी घाइते
सुर्खेतको वीरेन्द्रनगरमा जेठ १४ गते प्रहरीको कुटपिट र लाठी प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–३ का ३२ वर्षीय टिका शाही, सोही गाउँपालिका–४ डल्लाबाडाका ३७ वर्षीया…
कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा सभापति चयन
कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । जेठ १४ गते भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार…
अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान
अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हाे ।…