बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले वालिङ नगरपालिका–९ का १९ वर्षीय मदन माझीलाई १८ वर्ष कैद सजायको फैसला सुनाएकाे छ ।
जिल्ला अदालत स्याङजाका न्यायाधीश सुर्यबहादुर थापाको चैत २५ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई १८ वर्ष कैद सजाय र ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालत स्याङजाका श्रेस्तेदार विश्वप्रसाद काफलेले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७६ वैशाख ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७७ वैशाख ११ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा प्रहरीले आरोपितलाई वैशाख ११ गते गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जेठ ५ गते जिल्ला अदालत स्याङजामा जबरजस्तीकरणी शीर्षकमा मुद्दा दर्ता गरेको थिए ।
जिल्ला अदालत स्याङजाको आदेशले आरोपित जेठ ६ गतेदेखि पुर्पक्षको लागि कारागारमा रहेको जिल्ला अदालत स्याङजाका श्रेस्तेदार काफ्लेले बताउनुभयो ।
तिलकुमारी थापा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…