बलात्कार गरेको कसुरमा १४ वर्ष कैद सजायको फैसला

  ०७८ पुस १६ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत म्याग्दीले बेनी नगरपालिका–५ पुलाचौरका ४७ वर्षीय पहलबहादुर घर्तीलाई १४ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश तेजनारायण पौडेलको पुस १४ गतेको इजालसले कसुर ठहर गर्दै १४ वर्ष कैद, ५० हजार रुपियाँ जरिबाना र २ हजार २ सय रुपियाँ पीडित सहायता कोषमा जम्मा गराउने फैसला गरेको जिल्ला सरकारी वकिल कार्यालयका ध्रुव पोखरेलले बताउनुभयो ।

पीडितलाई आरोपितले २०७७ जेठ २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध २०७७ असार १२ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिनुभएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई साेही दिन गिरफ्तार गरी उनीविरुद्ध  साउन ५ गते जबरजस्ती करणी शीर्षक अन्तरगत मुद्दा दर्ता गरिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असार १२ गते बेनी अस्पतालमा भयो ।

आरोपित जिल्ला अदालतको आदेशले साउन ५ गते देखि पुर्पक्षका लागि थुनामा थिए ।

 


अमृतप्रसाद पौडेल