बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला
६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै २२ वर्षीय युवकलाई जिल्ला अदालत ताप्लेजुङले १० वर्ष र हाडनातामा बलात्कार गरेको आरोपमा ३ वर्षथप गरी १३ वर्षकैद फैसला सुनाएको छ ।
पीडित बालिकालाई आफ्नै नातेदारले बलात्कार गरेको ठहरसहित आलातले वैशाख ३१ गते १३ वर्षकैदको फैसला भएको अदालतका श्रेस्तेदार गोपाल थापाले जानकारी दिए ।
पीडित बालिकालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा अभिभावकले चैत २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए
मौखिक उजुरीका आधारमा चैत १८ गते प्रहरीलाई खबर गरेपछि पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन गरिएको थियो ।
त्यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै आठराई त्रिवेणी गाउँपालिका-२, फुलबारीका १९ वर्षीय तोर्मे भन्ने विजय शेर्पालाई जिल्ला अदालत ताप्लेजुङले ६ वर्षकैद फैसला सुनाएको छ ।
न्यायाधीश अशोककुमार बस्नेतको इजलासले वैशाख ३१ गते शेर्पालाई कैद र नेपाल सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो । शेर्पासँग जायजेथा केही नदेखिएको/नपाइएकाले पीडितलाई नेपाल सरकारको नाममा क्षतिपूर्ति भराउने गरी फैसला भएको अदालतका श्रेस्तेदार गोपाल थापाले जानकारी दिए ।
पीडित बालिकालाई २०७३ फागुन २६ गते बलात्कार गरेको आरोपमा फागुन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २७ गते नै जिल्ला अस्पतालमा गरिएको थियो । प्रहरीले शेर्पालाई फागुन ३० गते गिरफ्तार गरी चैत २२ गते अदालतमा मुद्दा चलाएको थियो ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
बाढीपहिरोका कारण पनौतीमा धेरै क्षति (फोटो फिचर)
पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको अपिल गर्नु भएको हो । पनौती…
कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा…
आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास
घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल…
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…