बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

  ०८१ पुस २ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१३ का ४१ वर्षीय मानबहादुर सुनारलाई १३ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश लालसिह थापाको पुस २ गतेको इजलासले दोषी ठहर गर्दै सुनारलाई १३ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, २५ हजार रुपियाँ क्षतिपूर्ति र २० हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

पीडित महिलालाई सुनारले ०८१ वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख २ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भएको थियो । प्रहरीले सुनारलाई वैशाख २ गते गिरफ्तार गरेको थियो ।


जयनारायण पुन