बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

  ०७८ माघ २५ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हिलिहाङ गाउँपालिका–६ भारपा २५ वर्षीय केन्द्र युवालाई १३ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको माघ २४ गतेको इजालसले कसुर ठहर गर्दै १३ वर्ष कैद सजायसँगै ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालका श्रेस्तेदार विश्वजङ्ग सिजापतीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ फागुन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २८ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई फागुन २८ गते गिरफ्तारी गरी जिल्ला अदालतमा ०७७ चैत २३ गते  बलात्कार शीर्षकमा मुद्दा गरेको थियो ।

जिल्ला अदालतको चैत २६ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २८ गते गरिएको थियो ।

जिल्ला अदालतले १३ वर्षीया बालिकालाई बलात्कार गरेको याङवरक गाउँपालिका–४ थर्पुका ३० वर्षीय चन्द्र मगरातीलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको माघ २४ गतेको इजालसले कसुर ठहर गर्दै ९ वर्ष कैद सजायसँगै २५ हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालका श्रेस्तेदार विश्वजङ्ग सिजापतीले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई कात्तिक १८ गते गिरफ्तारी गरी जिल्ला अदालतमा मङ्सिर १४ गते  बलात्कार शीर्षकमा मुद्दा गरेको थियो ।

जिल्ला अदालतको मङ्सिर १६ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २६ गते गरिएको थियो ।

७० वर्षीया ज्येष्ठ वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका ४९ वर्षीय दिलकुमार लिम्बूलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको माघ २४ गतेको इजालसले कसुर ठहर गर्दै सात वर्ष कैद सजायसँगै २५ हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालका श्रेस्तेदारले बताउनु भयो ।

आरोपितले ०७७ असार २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ५ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई ०७७ साउन ६ गते गिरफ्तार गरी जिल्ला अदालतमा साउन २१ गते  बलात्कार शीर्षकमा मुद्दा गरेको थियो ।

जिल्ला अदालतको साउन २२ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ साउन १९ गते गरिएको थियो ।


सहमान विश्वकर्मा