बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

१२ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै भदौ १३ गते जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ का ३३ वर्षीया झड्केलो बाबुलाई १३ वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले नाबालिकालाई बलात्कार गरेकोमा १२ वर्ष र हाडनातामा बलात्कार गरेकोमा थप १ वर्ष गरी १३ वर्ष कैदको फैसला गरेको अदालतका श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए । अदालतले १ लाख ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश समेत दिएको छ ।

पीडित बालिकालाई ०७५ असार १५ गते साँझ झड्केलो बाबुले बलात्कार गरेको आरोप लागेको थियो । पीडित बालिकाको उजुरीका आधारमा प्रहरीले ०७५ असार १६ गते आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालत मकवानपुरमा पेश गरेको थियो ।

जिल्ला अदालतले बलात्कार मुद्दामा आरोपित बाबुलाई ०७५ साउन ३० गते पुर्पक्षका लागि थुनामा राख्न भिमफेदी कारागार पठाएको थियो ।


पुष्पराज अधिकारी