बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको ०८१ कात्तिक ७ गतेको इजलासले कसुर गरेको ठहर गदै कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना र ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले बताउनु भयो ।
पीडित बालिकालाई कसुरदारले ०८१ असार २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
बालकलाई प्रहरीले असार २ गते गिरफ्तार गरी जिल्ला अदालतमा असार ९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको असार ९ गतेको आदेशले आरोपित बालक अभिभावकको जिम्मामा रहने गरी पुर्पक्षमा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २ गते गरिएको थियो ।
त्यसैगरी चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतमा १३ वर्षीय बालकलाई ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको ०८१ कात्तिक ७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै ६ महिना कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार सीताराम खड्काले बताउनु भयो ।
नाताले दाजु पर्ने आरोपितले बालिकालाई ०८१ साउन ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले साउन ४ गते गिरफ्तार गरी जिल्ला अदालतमा साउन १७ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको साउन १७ गतेको आदेशले आरोपित पुर्पक्षका लागि बालसुधार गृह, भक्तपुरमा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ३ गते गरिएको थियो ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
१६ घरधुरी परिवारमा खानेपानी अभाव हुँदा नागरिकहरूलाई समस्या
प्यूठान नगरपालिका-३, पिपलटाकुरा गाउँका १६ घरधुरी परिवार खानेपानी सुविधा नहुँदा समस्या भएको छ । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा सबै घरधुरीका नागरिकहरू बस्ती भन्दा तल रहेको थापखोलाको कुवाबाट…
जिल्ला अस्पतालको अक्सिजन प्लान्ट मर्मत नहुँदा बिरामी मर्कामा
जिल्ला अस्पताल, बाजुरामा रहेको अक्सिजन प्लान्ट बिग्रिएको दुई महिना बितिसक्दा समेत मर्मतसम्भार नगरिदा स्वासप्रस्वार तथा दमलगायतका बिरामीहरु मर्कामा परेका छन् । अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेशीनमा खरावी आएपछी दुई महिनासम्म…
तीन महिनादेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित
खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे आधारभूत विद्यालय तीन महिनादेखि बन्द हुँदा पठनपाठन प्रभावित भएको छ । थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षति भएर…
उद्योगबाट निस्कने खरानीयुक्त धुलोले प्रदुषण फैलिएको भन्दै स्थानीय धर्नामा
देवचुली नगरपालिका–२ मा रहेको चौधरी उद्योगबाट निस्किएको धुलोले प्रदुषण फैलिएको भन्दै यसको नियन्त्रणको माग राख्दै स्थानीयले उद्योग परिसरमा कात्तिक २५ गते धर्ना दिएका छन् । उद्योग वरपरका स्थानीयले उद्योगबाट निस्कने…
नचिनेका व्यक्तिहरूको समूहको गोली प्रहारबाट प्रधानाध्यापक घाइते
मकवानपुर जिल्लाको बागमती गाउँपालिका–१, बोटगाउँ घर भइ बकैया हात्तिसुढे बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय प्रेमबहादुर बम्जन कात्तिक २५ गते नचिनेका व्यक्तिहरूको समूहको गोली प्रहारबाट घाइते हुनु भएको छ ।…