बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

  ०८१ जेठ ३० गते

१४ वर्षीया बालिकालाई बलत्कार गरेको कसुरमा जिल्ला अदालतले बैजनाथ गाउँपालिका-४, बानियाभारका २० वर्षीय सन्तोष शाहीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश भिष्मराज प्रसाईको ०८१ जेठ २८ गतेको इजलासले कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय, ४ लाख ६६ हजार ६ सय ६६ रुपियाँ जरिबाना र १८ हजार ६ सय ६६ रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार गोविन्द आचार्यले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित बालिकालाई शाहीले ०८० माघ १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ५ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो । शाहीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ ५ गते भेरी अस्पताल, नेपालगञ्जमा भएको थियो ।


ध्रुबराज शर्मा