बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असोज ९ गते स्याङ्जाको वालिङ नगरपालिका-६ का २३ वर्षीय रेमन गुरुङ र चितवनको रत्ननगर नगरपालिका-१६ का २३ वर्षीया एलिस मगरलाई १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना र १ लाख रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला सुनाएको छ ।
पीडित बालिकालाई गुरुङ र मगरले ०७९ फागुन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २४ गते इलाका प्रहरी कार्यालय, रत्ननगरमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २४ गते भरतपुर अस्पतालमा भयो । गुरुङ र मगर सोही दिन गिरफ्तार भएका थिए । जिल्ला अदालतको आदेशले गुरुङ र मगरलाई ०७९ चैत २० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…