बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

  ०७९ असार २३ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १८ हजार रुपियाँ भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतिले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितलाई आरोपितले ०७७ माघ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७८ साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई ०७८ साउन ४ गते गिरफ्तार गरेको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७८ साउन २८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ साउन ४ गते गरिएको थियो ।

जिल्ला अदालतले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १६ वर्षीय १ बालकलाई ६ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट दुई हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतिले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७८ असोज ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध  असोज ३१ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई असोज ३१ गते गिरफ्तार गरेको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७८ कात्तिक १४ गते जिल्ला अदालतमा यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ असोज ३१ गते गरिएको थियो ।

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले फाल्गुनन्द गाउँपालिका–१ का ४० वर्षीय मनप्रसाद दुलाललाई दुई वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतिले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७६ फागुन ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध  फागुन ८ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

प्रहरीले आरोपितविरूद्ध जिल्ला अदालतमा चैत २ गते दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ फागुन ८ गते गरिएको थियो ।


सहमान विश्वकर्मा