बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
पाँच वर्षीया बालिकलाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले कल्याणपुर नपा–४ का ५७ वर्षीय अशेश्वर चमारलाई चैत १७ गते १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले सो फैसला गरेको हो । फैसलामा नेपाल सरकारसँग पीडितलाई ५० हजार क्षतीपुर्ति दिन भनिएको छ ।
पीडित बालिकालाई आरोपितले ०७६ फागुन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा फागुन २८ गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन २८ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितलाई फागुन २८ गते गिरफ्तार गरेको थियो भने आरोपित जिल्ला अदालतको आदेशमा चैत ३० गतेदेखि पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनायो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…