बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

  ०७८ कात्तिक ९ गते

१४ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुर ठहर गर्र्दै कात्तिक ८ गते जिल्ला अदालतले गोलबजार नपा–१२ का २७ वर्षीय अबोध रायलाई १२ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले सो फैसला गरेको हो । पीडितलाई १ लाख रुपियाँ रायबाट क्षतिपुर्ति भराउनेसमेत फैसला भएको छ ।

पीडित बालिकालाई ०७५ मङ्सिर २५ गते आरोपितले अपहरण गरी बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस ११ गते उजुरी दिएो थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राउ अस्पताल लहानमा पुस १० गते गरिएको थियो । इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई पुस १० गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित माघ ७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।


दुर्गा परियार