बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला

  ०७८ साउन २६ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई जिल्ला अदालतले दोषी ठहर गर्दै १२ वर्षको कैद सजाय सुनाएको छ ।

न्यायधीश उमेशप्रसाद लुईटेलको साउन २५ गते इजलासले पौडेललाई बलात्कार कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको हो ।

फैसलामा पीडकले पीडित पक्षलाई रु.५० हजार क्षतिपूर्ति भराउन समेत आदेश दिएको श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

पीडित बालिकालाई ०७७ वैशाख ३० गते पौडेलले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७७ वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो ।

पीडित बालिकाको सोही दिन त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

पौडेललाई प्रहरीले वैशाख ३१ गते नै गिरफ्तार गरेको थियो भने उक्त मुद्दा अदालतमा ०७७ जेठ २६ गते दर्ता भएको थियो ।


नवदीप श्रेष्ठ