बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला
१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको ठहर गर्दै चादे करन्जी गाविस-२ का २६ वर्षीय सन्दिप खडकालाई जिल्ला अदालत सल्यानले माघ २५ गते ११ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ ।
न्यायाधीश माधबेन्द्रराज रेग्मीको इजलासले मुलुकी ऐनको जबरजस्ती करणी महलको दफा १ अनुसार बलात्कारको कसुर ठहर गरी जबरजस्ती करणी बमोजिम ६ वर्ष कैद र शिक्षक जस्तो संरक्षक मानिएको व्यक्तिले आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गरेको देखिन आएकोले मुलुकी ऐन जबरजस्ती करणीको महल बमोजिम थप पाँच वर्षगरी ११ वर्ष कैद सुनाएको हो ।
आफ्नै विद्यार्थीलाई डरत्रास देखाई ०७२ चैत १६ गतेदेखि पटक-पटक यौन दुर्व्यवहार र बलात्कार गरेको भन्दै पीडित पक्षले ०७३ जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २८ गते भएको प्रहरीले जनाएको छ । आरोपितलाई प्रहरीले जेठ २८ गते गिरफ्तार गरेको थियो ।
मिना बुढाथोकी
सम्बन्धित समाचारहरू
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…
जातीय विभेद घटनाका आरोपितद्वय गिरफ्तार
मेचीनगर नगरपालिका-१० की ३६ वर्षीया रञ्जु विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । जातीय विभेद गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-१० की ४७ वर्षीया मैयाँ दाहाल…