बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजाय फैसला

  ०८० भदौ १९ गते

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० भदौ १८ गते कालिका नगरपालिका-१० का ४० वर्षीय आशिष प्रजालाई ११ वर्ष कैद सजाय, तीन लाख जरिवाना र ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।

पीडित महिलालाई प्रजाले ०७९ माघ १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १५ गते इलाका प्रहरी कार्यालय, टाँडीमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २२ गते भरतपुर अस्पतालमा भयो । आरोपित सोही दिन घरबाटै गिरफ्तार भएका थिए । न्यायधीश निर्मला सुवेदीको इजलासले ०७९ फागुन १७ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।


दिपेन्द्र अधिकारी