बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

  ०७९ चैत १३ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा  जिल्ला अदालतले ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका  २६ वर्षीय निरज राईलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको  छ ।

जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको चैत १३ गतेको आदेशले कैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार रामाकान्त यादवले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ भदौ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले ०७९ असोज ६ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको ०७९ असोज ६ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ भदौ १२ गते गरिएको थियो ।


तारानाथ फुयल