बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

  ०७३ माघ ११ गते

४० वर्षीया एक महिलालाई बलात्कार गरेको अभियोग ठहर गर्दै गोल्टाकुरी-६ का ३७ वर्षीय देविराम विकलाई दाङ जिल्ला अदालतले १० वर्ष कैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले माघ ११ गते विकलाई कसुरदार ठहर गर्दै १० वर्ष कैद तथा पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला भएको श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए ।

पीडित महिलालाई आरोपितले ०७२ असोज २५ गते बलात्कार गरेको आरोप थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २६ गते राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा गरिएको थियो ।

असोज २५ गते नै पीडित परिवारले प्रहरी चौकी गोल्टाकुरीमा उजुरी दिएपछि सोहीदिन प्रहरीले आरोपितलाई गिरफ्तार गरी मुद्दा चलाएको थियो ।


जे.एन.सागर