बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर उमनपा–४ का २८ वर्षीय सुमन भन्ने मनोज भण्डारीलाई दोषी ठहर गर्दै जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८१ माघ २९ गतेको इजलासले दोषी ठहर गर्दै १० वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, ३० हजार रुपियाँ पीडितलाई उपलब्ध गराउने र २० हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
भण्डारीले ०८१ जेठ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको थियो भने प्रहरीले भण्डारीलाई जेठ १३ गते गिरफ्तार गरेको थियो ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…