बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

  ०८१ मङ्सिर १९ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर १७ गतेको इजालसले कसुर ठहर गर्दै १० वर्ष कैद सजाय, ५० हजार रुपियाँ क्षतिपूर्ति र ५ लाख रुपियाँ जरिबाना भराउने फैसला गरेको अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

बालिकालाई ०८१ वैशाख २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । थारुलाई प्रहरीले जेठ ११ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ ७ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।


प्रकाश पौडेल