बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

  ०८१ कात्तिक २९ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रेश्वरी गाउँपालिका–२, सल्यानका २१ वर्षीय लक्ष्मण विकलाई १० वर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रतिमाकुमारी भट्टराइ पोख्रेलको ०८१ कात्तिक २८ गतेको इजलासले दोषी ठहर गर्दै १० वर्ष कैद सजाय, ५ लाख रुपियाँ क्षतिपूर्ति, ५० हजार रुपियाँ जरिबाना र १ हजार ८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

बिकले ०७९ माघ १६ गते बालिका बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ चैत २३ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । बिकलाई प्रहरीले चैत २६ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत २३ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको थियो ।


जयनारायण पुन