बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

  ०८१ कात्तिक २६ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बारबर्दिया नगरपालिका-६ का २१ वर्षीय हरि खड्कालाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ कात्तिक २५ गतेको इजालसले कसुर ठहर गर्दै १० वर्ष कैद सजाय, ५० हजार रुपियाँ क्षतिपूर्ति र ५ लाख रुपियाँ जरिबाना भराउने फैसला गरेको अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

बालिकालाई ०८० भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १३ गते इलाका प्रहरी कार्यालय, बानियाँभारमा उजुरी दिएको थियो । खड्कालाई प्रहरीले भदौ १३ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ १२ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।


प्रकाश पौडेल