बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

  ०८१ भदौ १७ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हिलिहाङ गाउँपालिका-५ का २६ वर्षीय अमृत सुहाङलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश  उद्धवप्रसाद गजुरेलको ०८१ भदौ १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सजायसँगै ५ लाख रुपियाँ जरिबाना र २५ हजार रुपियाँ क्षतिपूर्ति कसुरदारबाट जम्मा गर्न आदेश भएको अदालतका तहसिलदार गोपाल खनालले बताउनु भयो ।

पीडित बालिकालाई ०८१ जेठ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले जेठ ५ गते गिरफ्तार गरी  जिल्ला अदालतमा जेठ ३१ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

 जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको जेठ ३२ गतेको आदेशले आरोपित पुर्पक्षका लागी थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ४ गते गरिएको थियो ।


इवारा जबेगु लिम्बू